२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तह उपचुनाव : उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

प्रकाशित मिति :  ३ मंसिर २०८१, सोमबार ०८:४५


काठमाडाैं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएकाे छ ।

सोमबार बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेकाे आयोगले जनाएकाे छ । यही मंसिर १६ गते आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

 

उपचुनावहुने ४४ स्थानीय तहमा आइतबार मनोनयन दर्ता भएको थियो । ४२ पदका लागि ४ सय ७ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिलाको उम्मेदवारी परेको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी आइतबार ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिकामा वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !