२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व सभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा

प्रकाशित मिति :  ३ मंसिर २०८१, सोमबार १२:५१


काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

सानो गौचरणमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गर्नुहुने कार्यक्रम छ ।

सानो गौचरणमा अहिले उहाँलाई श्रद्धाञ्जली दिन सर्वसाधारणको बाक्लो उपस्थिति छ । सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय सम्मानसाथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । उहाँकाे निधनकाे शाेकमा सरकारले आज सार्वजनिक बिदा पनि दिएकाे छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियाे । त्यहाँबाट साेमबार बिहान उहाँकाे पार्थिक शरीर सानाे गाैचरण पुर्‍याइएकाे थियाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !