३ मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सी चिनफिङ र जो बाइडेनबीच भेट

प्रकाशित मिति :  ३ मंसिर २०८१, सोमबार १६:४३


एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनबीचको भेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएकाे छ ।

पेरुमा आयोजित एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को वार्षिक शिखर सम्मेलनको साइडलाइन बैठकमा सी र बाइडेनबीच भएको कुराकानीमा ट्रम्पलाई सघाउने विषयमा छलफल भएको हो ।

भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबिचको सम्बन्धमा आएको उतारचढाव पनि स्वीकार गरेका थिए । सो क्रममा व्यापार र ताइवानका मुद्दाहरूमा तनाव कम गर्नेबारे पनि छलफल भएको थियो ।

ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबिचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरिरहेका बेला दुई नेताबीचको भेटले नयाँ सन्देश प्रवाह गरेको छ । भेटका क्रममा दुई विश्वव्यापी शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धालाई युद्धमा धकेल्न नहुने बताउनुभएकाे थियाे ।

शनिबार बाइडेनसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ वासिङ्टनसँगको स्थिर सम्बन्धमा कायमै रहने पनि बताउनुभएकाे छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !