२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तह उपचुनाव : उम्मेदवारको नामावली प्रकाशन आज

प्रकाशित मिति :  ४ मंसिर २०८१, मंगलवार ०८:३८


काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनाव अन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

आज साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयाेगले जनाएकाे छ ।

यसअघि आयाेगले सोमबार (मंसिर ३ गते) उम्मेदवारविरुद्ध उजुरी लिने, मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यतालिका थियाे ।उम्मेदवारी दिएकाको उजुरीबारे निर्णय गरी आयाेगले आज नामावली सार्वजनिक गर्न लागेकाे हाे ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसाे १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेकाे आयाेगले जनाएकाे छ ।

मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले रिक्त ४४ पदमा उपचुनाव हुन लागेकाे हाे । त्यसका लागि ४ सय ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये जिल्ला समन्वय समिति ओखलढुंगाकाे प्रमुखमा १ जना निर्विराेध निर्वाचित भइसकेका छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !