१५ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

किन दुर्गा प्रसाईं ओली सिध्याउन निरन्तर लागि पर्छन्?

प्रकाशित मिति :  ४ मंसिर २०८१, मंगलवार १३:५२


–विकास अधिकारी 

काठमाडौं । कुनै बेला केपी ओलीको निकै गुनगान गाउने दुर्गा प्रसाईं केही वर्ष देखि केपी ओली सिध्याउन निरन्तर लागि परेका छन् ।

उनी प्रधानमन्त्री केपी शर्मा ओली सिध्याउन निरन्तर लाग्नुको कारण हो उनले केपी ओलीबाट केही लाभ नपाउनु । जो व्यक्तिबाट लाभ पाइन्छ उसैको पक्षमा वकालत गर्दै हिड्ने प्रसाईंले केपी ओलीबाट कुनै पनि लाभ नपाउने र केपी ओलीलाई गलतबाटोमा हिँडाउन नसक्ने भएपछि उनले ओलीलाई जसरी पनि सिध्याउने प्रपञ्च रचेका थिए ।

विभिन्न प्रपञ्च रचेका दुर्गा प्रसाईंको केपी ओलीलाई सक्ने विभिन्न फन्डा असफल भएको थियो ।

विभिन्न फन्डा असफल भएपछि हिजो पत्रकार सम्मेलन गरेर दुर्गा प्रसाईंले एक तथ्यहीन, आधारहीन कुरा सामाजिक सञ्जालमा राखेर फन्डा गरेका थिए । केपी ओलीको बढ्दो साख गिराउनकै लागि दुर्गा प्रसाईंले कम्बोडियाको स्मार्ट एक्जियटा नामक कम्पनीमा केपी ओलीको लगानी रहेको बताएका थिए । सो कुरा बताउदैन उनले केही आधारहीन अस्पष्ट कागज पनि स्क्रिनमा देखाएका थिए ।

तर सो कुरा झुटो भएको पनि वहाँलेनै देखाएका कागज पत्रहरूबाट प्रष्ट हुन्छ । जहाँ केपी शर्मा ओलीको नामनै गलत रहेको छ । केपी शर्मा ओलीको नाम सँगै दुर्गा प्रसाईंले देखाएको कागजमा भएको केपी शर्मा ओलीको हस्ताक्षर पनि नक्कली रहेको पाइएको छ ।

यो सँगै उनको यो फन्डा पनि असफल भएको छ । असफल भएसगै उनलाई अहिले प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

ओली सिध्याउन लाग्नुको कारण

बाहिर  भारत र नेपालमा भएको माडबारीहरुको नाम पनि उच्चारण गर्न मन नपराउने दुर्गा प्रसाईंको भित्र भित्रै उनीहरूको इसारामा चलेको पनि विभिन्न व्यक्तिहरूले बताउँदै आएका छन् । लाभको पछाडि हिड्ने प्रसाईंलाई केपी ओलीबाट कुनै लाभ नभएपछि उनी बाहिरी शक्तिको इसारामा हिँडेको पनि विभिन्न व्यक्तिहरूले बताउदैन आएका छन् ।

बाहिरि शक्तिबाट लाभ लिइरहेका दुर्गा प्रसाईं सोही कारण केपी ओलीलाई असफल बनाउन हिँडेको कुरा बाहिर आएको छ । अनेकन गर्दा पनि नेपालको स्वाभिमानमा कुनै आच आउने काम नगरेपछि र विभिन्न राष्ट्र घात सन्धि सम्झौतामा हस्ताक्षर नगरेपछि केपी शर्मा ओलीको सरकारलाई गिराउनकै लागि नेपालमा ठूलो लगानी भएको जानकारहरु बताउछन् । ठूलो लगानी गर्नेहरूले दुर्गा प्रसाईंको हातमा केही रकम थमाएर दुर्गा प्रसाईंहरुलाई परिचालित गरेको कुरा समेत बाहिर आएको छ । अहिले केपी शर्मा ओलीको सरकारलाई पुरै असफल बनाउन दर्गा प्रसाईमात्र नभएर  धेरै व्यत्तिहरु प्रयोग भएको जानकारहरु बताउँछन् ।

मेरो आन्दोलनलाई साथ दिए बैङ्कबाट कर्जा लिनेहरुले बैंकलाई कर्जा बुजाउनु  पर्दैन । भन्दै बैङ्कबाट कर्जा लिएका मानिसको सहारामा विभिन्न आन्दोलन गर्दै हिँडेका दुर्गा प्रसाईंलाई केपी ओली  सरकार असफल बनाउन विदेशीको ठूलो लगानी रहेको बुझिएको छ ।

अहिले केपी शर्मा ओलीको सरकार देशको ठूला दल मिलेर बनेको सरकार हो । यो सरकार यति बलियो छ कि कसैले चाहेर पनि यो सरकार गिराउन सक्ने अबस्था छैन । यही कारण जनतामा भ्रम छरेर यो सरकार असफल बनाउन विदेशी शक्तिहरुले दुर्गा प्रसाईंहरु लाई प्रयाृेग गरेका छन् । सोही कारण बेला बेलामा विभिन्न फन्डा उत्पन्न गरेर दुर्गा प्रसाईंहरुलाई विदेशीले प्रयोग गरिरहेको जानाकारहरु बताउँछन् ।

आफूलाई जनता भड्काउने राजनीति गर्न र आफ्नो व्यवसाय चलाएमान बनाउन नेपालमा कोहीबाट सम्भब नदेखेपछि उनी विदेशी दलाललको हातमा पुगेका जानकारहरू बताउँछन् । विदेशी दलालहरुले उनलाई पुग्ने रुपैयाँ पैसा दिएर उनलाई  केपी ओली विरुद्ध प्रयोग गरेको  पनि जानकारहरू बताउँछन्


21.4k
Shares

प्रतिक्रिया दिनुहोस !