२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा

प्रकाशित मिति :  ५ मंसिर २०८१, बुधबार ०९:४७


काठमाडाैं । नेपाल सरकार र तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।

०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन विद्राेही (नेकपा) माओवादीबीच द्वन्द्व अन्त्य गर्नेसम्बन्धी विस्तृत सम्झौता भएको थियो । शान्ति सम्झौतापछि नेपालमा जारी माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व औपचारिक रूपमा अन्त्य भएको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सशस्त्र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे थियाे । सम्झाैता अनुसार गर्नुपर्ने धेरै काम अझै पूरा हुन सकेका छैनन् ।

साेही सम्झाैताकाे जगमा उभिएर नेपालमा २ सय ४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भयो । संविधानसभाबाट नयाँ संविधान जारी भयाे । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पनि लागू भयाे ।

तर तत्कालीन राज्य पक्ष र माओवादीबाट भएको मानव अधिकार उल्लंघनको छानबिन गरी सत्य पत्ता लगाउने र दोषीलाई कारबाही गर्ने काममा ठाेस प्रगति हुन सकेकाे छैन । विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका केही काम अझै पूरा हुन बाँकी छन् ।

शान्ति सम्झौतामा हस्ताक्षर भएको ८ वर्षपछि सन् २०१५ (०७१ माघ २७) गतेमा एउटै ऐन मार्फत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भयाे । दुवै आयोगले एकाध सामान्य पक्रिया बाहेक अरु काम अघि बढाउन सकेनन् । ०७९ साउन १ गतेदेखि त आयोग पदाधिकारीबिहीन छ ।

सम्झाैतापछि संविधान जारी हुनु,लडाकुकाे समायाेजन हुनु महत्वपूर्ण उपलब्धि भएपनि संक्रमणकालीन न्यायकाे विषय अझै टुंगाेमा पुगेकाे छ ।

०८० साल चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा आयोगमा पदाधिकारी सिफारिस गर्न लागि सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समिति गठन गरेर काम गरिरहेकाे छ ।

लामाे प्रयासपछि केपी ओली नेतृत्वकाे वर्तमान सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) (तेस्रो संशोधन), २०८१ संघीय संसद्‍बाट सर्वसम्मतिले पारित गराउन सफल भएकाे छ । साे विधेयक राष्ट्रपतिबाट ०८१ भदाै १३ मा प्रमाणित भएर कार्यान्वयनमा गइसकेकाे छ । साे ऐनको व्यवस्थाअनुसार सरकारले आयोगको कामलाई तिब्रता दिएर पीडितलाई न्याय दिनेगरी याे विषय टुंग्याउनुपर्छ ।

केपी शर्मा ओली नेतृत्वकाे सरकारले द्वन्द्वरत करिब सबै पक्षलाई अहिंसात्मक राजनीतिक मूलधारमा ल्याएकाे थियाे । सिके राउत,नेत्रविक्रम चन्द लगायत दललाई राष्ट्रिय राजनीतिका मूल धारमा ल्याउने काम ओली सरकारले गरेकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !