२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतीय सेनाध्यक्ष द्विवेदी नेपालमा

प्रकाशित मिति :  ५ मंसिर २०८१, बुधबार १६:१९


काठमाडाैं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइपुग्नुभएकाे छ ।

५ दिने नेपाल भ्रमणका लागि उहाँ बुधबार दिउँसाे काठमाडाैं आइपुग्नुभएकाे हाे ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने कार्यक्रम रहेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुहुनेछ ।

भारतीय सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जंगी अड्डामा सम्मान गारतको निरीक्षण गर्नुहुनेछ । उहाँले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !