६ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फिल्म साउथ एसिया महोत्सव आजदेखि

प्रकाशित मिति :  ६ मंसिर २०८१, बिहीबार ०८:४३


काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ ।

ललितपुरको यलमाया केन्द्रमा हुने ४ दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत ९ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।

महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यो वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको बताउनुभयाे । उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिष्पर्धा हुने जानकारी उहाँले दिनुभयाे । ‘बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ, निर्देशनसम्बन्धी कार्यशाला पनि हुँदैछ, वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो’- निर्देशक मानन्धरले भन्नुभयाे ।

कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थिति रहनेछ । महोत्सवमा पहिलो दिन ३ वटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित ७ लघु चलचित्र प्रदर्शन गर्ने तयारी छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !