१८ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज विश्व टेलिभिजन दिवस

प्रकाशित मिति :  ६ मंसिर २०८१, बिहीबार ०८:५०


काठमाडौं । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदै छ ।

१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बिबिसीले नियमित प्रसारण गरेको पाइन्छ । सन् १९५४ देखि रङ्गिन टेलिभिजनको विकास भई रङ्गिन दृश्यहरू हेर्न सकिने अवस्था आएको हो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरू भित्रिएको पाइन्छ ।

२०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले सरकारी बाहेक निजी क्षेत्रबाट सञ्चालित विभिन्न टेलिभिजन च्यानलहरू पनि नियमित प्रसारणमा छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !