२२ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हल्लाको पछि नलागौँ, डा.राजन भट्टराई आईक्यापको महाधिवेशनमा कम्बोडिया जानु गर्भको कुरा हो

प्रकाशित मिति :  ६ मंसिर २०८१, बिहीबार २२:२९


-विकास अधिकारी

काठमाडौं । कोही व्यक्ति नेपालको प्रतिनिधित्व गरेर कुनै पनि देश जान्छ भने त्यो व्यक्तिमा आफ्नो देशको स्वाभिमान राख्न सक्ने क्षमता हुनुपर्छ । आफ्नो देशको इज्जत राख्न सक्ने खालको हुनुपर्छ । जे काममा जान लागेको हो सोही कामको राम्रो विज्ञता हासिल गरेको व्यक्ति जानुपर्छ । अनि मात्र देशकाे  स्वाभिमान रहन्छ । इज्जत रहन्छ । मान प्रतिष्ठा रहन्छ ।

नेपालबाट आज विभिन्न दलका १३ जनाको टोली कम्वोडिया गएका छन् । जसमा नेकपा एमाले विदेश विभाग पूर्व प्रमुख राजन भट्टराई पनि हुनुहुन्छ । उहाँ सहित १३ जनाको टोली आज कम्बोडिया गएका हुन् । आजबाट कम्बोडियामा आईक्यापको १२ औं अधिवेशन सुरु भएको छ । दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी छ भन्नु र अहिलेने डा. राजन भट्टराई कम्वोडियामा जानुले राजन भट्टराईलाई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नराम्रो दृष्टिकोणबाट दुर्गा प्रसाईंका अनुयायीहरूले गलत प्रचार गरिरहेका छन् ।

डा. राजन भट्टराई आफैमा अन्तर्राष्ट्रिय सम्बन्धमा विज्ञ व्यक्तित्व हुन् । नेपालको तर्फबाट गएको टोलीले त्यहाँ शसक्त ढङ्गबाट वैचारिक ढङ्गबाट प्रस्तुत गर्नु पर्ने हुने थियो । त्यसको लागि राजन भट्टराईको कम्बोडिया यात्रा तय भएको हो । जहाँ डा. राजन भट्टराई आईक्यापको सदस्य सचिव समेत हुनुहुन्छ ।

सही व्यक्तिले सही ठाँउ पाँउदा राम्रो हुन्छ । विश्वले नजर गर्ने सम्मेलन आईक्यापको लागि जानुभएका डा‍. राजन भट्टराईमाथि विभिन्न आरोप लगाउनुकाे साटाे गर्भ गर्न सिकाै‌ । 

आईक्यापको लागि डा. राजन भट्टराईमात्रै होइन । उनी समेत १३ जना कम्बोडिया गएका छन् । उनी सँग विभिन्न राजनीतिक दलका विज्ञ विज्ञको टोली गएका छन् । जसमा एमालेबाट डा. राजन भट्टराईसहित विदेश विभाग प्रमुख रघुवीर महासेठ हुनुहुन्छ । नेपाली काङ्ग्रेसबाट नेतृ सुजाता कोइराला र पूर्व सांसद दिव्यमणि राजभण्डारी हुनुहुन्छ । माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपाबाट उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमत पार्टीबाट सीके राउत, नेकपा एकीकृत समाजवादीबाट डा. शंकर प्रसाद खतिवडा, र वीरबहादुर तामाङ, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जसपाबाट भरत गुरुङ लगायत नेता भ्रमण टोलीमा हुनुहुन्छ । टोलीले आईक्यापको सम्मेलनमा गएर राम्रो प्रस्तुती गरेभने नेपालीको मान रहन्छ । नेपालीको शान रहन्छ । सोही कारण विश्वले नजर गर्ने उक्त कार्यक्रममा राजन भट्टराई जत्तिको मानिस जानु एकदमै राम्रो कुरा हो । ठिक व्यक्ति जानु भयो । केही व्यक्तिले एमालेको भोलिको कार्यक्रमलाई जोडेर दुर्गा प्रसाईंले अफवाह फैलाएको कुरालाई जोडेर राजन भट्टराई कम्बोडिया गएकोमा मजाक पनि उडाएका छन् ।

के हो आईक्याप

आईक्यापा भनेको एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन हो । महाधिवेशन हाे ।  जसले शान्ति, मेलमिलाप, र दिगो विकासका लागि सहकार्य र संवादलाई प्रवर्द्धन गर्छ । यो एसियाली राष्ट्रहरुको लागि अत्यन्तै महत्वपूर्ण सम्मेलन हो । यो सम्मेलनमा एसियाली राष्ट्रहरुको दिगो विकास, आर्थिक असमानता , समाजिक द्धन्द्ध, शान्ती स्थायीत्वको लागि पहल, जस्ता विषयमा छलफल हुनेछ ।

यस महाधिवेशनमा नेतृत्व चुनिनुको साथै ‘शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि सांस्कृतिक विविधता’ र ‘शान्ति कायम गर्न आजको डिजिटल दुनियाँमा नक्कली समाचारहरू विरुद्ध कसरी लड्ने’ जस्ता विषयमा छलफल समेत हुनेछ । यसमा एसियाली राष्ट्रहरुको विदेश नीति लगाएत विषयमा पनि छलफल हुनेछ । त्यसैले आईक्यापलाई महत्वपूर्ण सम्मेलनको रुपमा एसियाली राष्ट्रहरुले लिने गरेका छन् । यस सम्मेलनमा विभिन्न देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागी रहनेछ ।

उच्च बौद्धिक व्यक्तित्व जानुको अर्थ

आईक्याप सम्मेलनमा बौद्धिक व्यक्तित्वहरु जादाँ उनीहरुमा भएको राजनीतिक, रणनीतिक र कुटनीतिक ज्ञानको आदानप्रदान हुन्छ जसमा विश्ले नेपालमा पनि यस्ता तार्किक व्यक्तित्वहरु छन् भन्ने राम्रो सन्देश जान्छ । जुन धारण नेपालीहरुले त्यहाँ प्रस्तुत गर्छन् सोही धारण अरु देशको लागि मार्ग निर्देशक पनि बन्न सक्छ । अरु देशका पनि बौद्धिक व्यक्तित्व उक्त कार्यक्रममा आउँदा उनीहरुको राय सल्लाह सुनेर आफ्नो देशमा कार्यनयन गर्न सक्न पनि बौद्धिक व्यक्तित्वको त्यस्ता कार्यक्रममा ठूलो भूमीका रहन्छ ।

नेपालमा पछिल्लो समय अराजक गतिविधि फैलाउने मानिसको कारण राजनीतिक दलले जे गरेपनि गलत गरे भन्ने भाष्य स्थापीत हुन पुगेको छ । सोही कारण डा. राजन भट्टराई अनि टिमको कम्बोडिया यात्रालाई अनेक कु—दृष्टीले हेर्ने गरेको पाईन्छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा डा. राजन भट्टराई जस्तो अन्तर्राष्ट्रिय सम्बन्धमा विद्धान व्यक्तित्व जानु नेपाल र आईक्याप दुबैको लागि गर्भको कुरा हो । गलत र भ्रामक सूचनाको पछाडी नलागी त्यसले डा. राजन भट्टराईको कम्बोडिया यात्राको लागि शुभकामना दिन हरेक नेपालीहरुले पछि हट्नु हुदैन ।

 


13.1k
Shares

प्रतिक्रिया दिनुहोस !