२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशमा देखिएकाे संकट समाधान गर्ने पार्टी एमाले मात्रै हाे- शंकर पाेखरेल

प्रकाशित मिति :  ७ मंसिर २०८१, शुक्रबार १५:४७


काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देशमा देखिएकाे संकट समाधान गर्ने पार्टी एमाले मात्रै भएकाे बताउनुभएकाे छ ।

शुक्रबार दरबारमार्गमा आयाेजित पार्टीकाे जागरण सभालाई सम्बाेधन गर्दै महासचिव पाेखरेलले नेपालको संकट समाधानका लागि केपी ओलीकाे नेतृत्वमा सरकार बनेको बताउनुभयाे । ‘नेपालमा कुनै पनि प्रकारका संकटकाे समाधान गर्नुछ भने त्यसकाे समाधान अरु काेही हाेइन नेकपा एमाले हाे, कमरेड केपी ओली नेतृत्वमा बनेकाे अहिलेकाे सरकार नेपालकाे संकट समाधानका लागि बनेकाे सरकार हाे’- उहाँले भन्नुभयाे ।

एमाले र एमाले अध्यक्ष ओलीलाई कमजाेर बनाउन अनेक प्रहार भइरहेका महासचिव पाेखरेलले बताउनुभयाे । देश र जनताका लागि काम गर्दा केपी ओलीमाथि पटक पटक प्रहार भइरहेकाे उहाँले बताउनुभयाे ।

राजनीतिक अस्थिरताका कारण मुलुक साेचजति बन्न नसकेकाे महासचिव पाेखरेलले बताउनुभयाे । मुलुकलाई अब निर्णायक राजनीतिक शक्तिकाे खाँचाे रहेकाे र त्याे शक्ति भनेकाे एमाले भएकाे उहाँले बताउनुभयाे । महासचिव पाेखरेलले एमालेले मात्रै मुलुकमा राजनीतिक स्थायित्वकाे सुनिश्चितता दिन सक्ने बताउनुभयाे ।

नेपालका राजनीतिक दलमध्ये सबैभन्दा दुरुदर्शी नेतृत्व एमालेसँग मात्र रहेकाे उहाँले बताउनुभयाे । जसले संकटबाट मुलुकलाई बाहिर निकाल्ने, विकास र समृद्धिकाे नयाँ भिजन प्रस्तुत गर्ने सामार्थ्य राख्दछ, पछाडि परेका-पारिएका जनताकाे सामाजिक सुरक्षाकाे नेतृत्व गर्न सक्दछ त्याे नेतृत्वकाे अगुवाइमा देश बन्न सक्दछ, हामी बनाउन सक्छाैं हाम्राे देश भन्ने भावनाकाे नेतृत्व यही पार्टीले गर्न सक्छ, केपी ओलीकाे नेतृत्वमा हामीले समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्न सक्छाैं’-महासचिव पाेखरेलले भन्नुभयाे ।

नेपालकाे स्थिति श्रीलंका र बंगलादेशकाे जस्ताे नभएकाे उहाँले स्पष्ट पार्नुभयाे । संकटकाे समाधान वामपन्थ हाे भनेर श्रीलंकाका जनताले बामपन्थीहरुलाई २ तिहाइले विजयी बनाएका महासचिव पाेखरेलले बताउनुभयाे ।

नेपालमा शान्ति प्रकिया सुरु भएपछि त्यसका नाममा समाजमा एक प्रकारकाे आतंक खडा गरेका बेला केपी ओलीले त्याे अराजकता विरुद्ध आफूलाई दराे ढंगले उभ्याउनुभएकाे उहाँले स्मरण गर्नुभयाे । त्याे बेला केपी ओलीलाई बद्‍नाम गर्न जावालखेलमा बन्दै गरेकाे नेपाल टेलिकमकाे भवकाे चित्र छापेर केवी ओलीकाे घर हाे भनेर जनतालाई भ्रमित पार्ने काम भएकाे महासचिव पाेखरेलले बताउनुभयाे । पछि टेलिकमकाे कार्यालय सञ्चालन भएपछि त्याे भ्रमण अन्त्य भएकाे उहाँले बताउनुभयाे । अराजकता विरुद्ध उभिँदा केपी ओलीमाथि पटकपटक प्रहार गर्ने काम भइरहेकाे उहाँले बताउनुभयाे ।


339
Shares

प्रतिक्रिया दिनुहोस !