२२ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण

प्रकाशित मिति :  ८ मंसिर २०८१, शनिबार १२:११


उप्रधानमन्त्री सिंह र राजदूत सोङ काठमाडौँ, ८ मङ्सिरः उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिहं र नेपालका लागि चिनियाँ राजदूत छन सोङ सयुक्त रुपमा शनिबार काठमाडौं क्षत्रपाटी निःशुल्क चिकित्सालय ‘अस्पताल’ लाई चिनियाँ राजदूतावासद्वारा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेपछि सवारीसाधनअगाडि तस्बिर लिँदै। तस्बिरः हरिराम भेटुवाल÷रासस
काठमाडौँ ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको स्पष्ट पार्नुभएको छ । काठमाडौँस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारी सधान हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा उहाँले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकामा आभार प्रकट गर्नुभयो । समुदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा स्थापना भएको सो चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ थियो ।
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्वपूर्ण नतिजा हासिल भइरहेको बताउनुभयो । उहाँले छत्रपाटी निःशुल्क चिकित्सालयले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षरण गरिएको थियो ।
– रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !