२२ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि

प्रकाशित मिति :  ८ मंसिर २०८१, शनिबार १३:३५


झारखण्ड । झारखण्डको विधानसभाका ८१ सीटका लागि नोभेम्बर १३ र २० मा सम्पन्न निर्बाचनको मतगणना शुरू भएको छ ।

प्रारम्भिक मतगणना अनुसार झारखण्डमा भारतीय जनता पार्टी (बिजेपी) र झारखण्ड मुक्तिमोर्चा (जेएमएम) बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रारम्भिक मतगणना अनुसार भारतीय काङ्ग्रेस सहभागी जेएमएम गठबन्धनले ५१ सीटमा अग्रता लिएको छ भने भाजपा नेतृत्वको गठबन्धनले २९सीटमा अग्रता लिएको छ । एक सीटमा अल झारखण्ड स्टुडेन्ट्स यूनियन (आजसू)ले अग्रता लिएको छ ।

जेएमएम गठबन्धनभित्र जेएमएमको २९, भारतीय काङ्ग्रेसको १५ सीटमा अग्रता देखिएको छ ।
-रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !