९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने, कति लाग्छ ?

प्रकाशित मिति :  ९ मंसिर २०८१, आईतवार ०९:१८


काठमाडाैं । आज आइतबारदेखि काठमाडाैंकाे सुनधारास्थित धरहरा चढ्दा र पार्किङ गर्दा पैसा तिर्नुपर्ने भएको छ ।

यसअघि असाेज ३ गतेदेखि परीक्षणका रूपमा निःशुल्क रुपमा चढ्न खुला गरिएको धरहरा आजदेखि पैसा तिरेर चढ्नुपर्ने भएकाे हाे ।

मंसिर ७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम  हाललाई शुल्क लिई ०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेकाे थियाे ।

मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि धरहरा चढ्दा स्वदेश नागरिकले प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा धरहरा चढ्न पाउनेछन् ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार शुल्क ताेकिएकाे छ ।

आजदेखि धरहरामा पार्किङ गर्दा ४ पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र २ पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ ।

धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !