रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १०:१५
काठमाडाैं । सहकारी ठगी र संगठित अपराध मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछानेलाई आज अदालत लगिने भएकाे छ ।
जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लाे पटक दिएको १३ दिनको म्याद सकिएपछि पुन: म्याद थपका लामिछानेलाई अदालतमा उपस्थित गराउन लागिएकाे हाे । पछिल्लो पटक थपिएकाे १३ दिनको म्याद शुक्रबार सकिएकाे थियाे ।
यसअघि उनीमाथि ४ पटक म्याद थप गरेर अनुसन्धान भइसकेकाे छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।
113
Shares