२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै, विभिन्न ९ एजेण्डामा छलफल हुने

प्रकाशित मिति :  ९ मंसिर २०८१, आईतवार १०:२०


काठमाडौं। चिकित्सा शिक्षा आयोगको १५औं बैठक आज बस्दै छ ।

आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेकाे हाे ।

बैठकमा विभिन्न ९ वटा एजेण्डामा छलफल हुनेछ । आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष ०८०-८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुने छ ।

आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूचीमा छ ।

बैठकमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण र छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छाडेका विद्यार्थीका विषयमा समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ।


113
Shares

प्रतिक्रिया दिनुहोस !