९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेहताको ज्यान लिने गाडी विएण्डसी अस्पतालको नाममा, पीडित सग कागज गर्ने सप्तकोसी न्युरो अस्पताल

प्रकाशित मिति :  ९ मंसिर २०८१, आईतवार १७:११


काठमाडौं । वाग्मती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते कोशी गाउँपालिका का ६० वर्षीय फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार विराटनगरको नोवेल अस्पतालमा निधन भएको छ ।

उक्त वाग्मती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडी दुर्गा प्रसईंको अस्पताल विएण्डसी को नामको भएको समेत खुलेको छ ।

दुर्गा प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिका नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा मेहतासँगै २ जना घाइते भएका थिए । ठक्कर दिएसँगै केही सामान्या मेलमिलाप गरेर  प्रसाई सवार गाडी राैतहट गएकाे थियाे ।  राैतहटमा दुर्गा प्रासाईकाे कार्यक्रम थियाे । 

दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि तत्काल भोक्राहा नरसिंहस्थित सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ १० दिन बस्दा पनि मेहेताको अवस्थामा सुधार नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो ।

मेहताको ज्यान लिने गरि दुर्घटना गराउने गाडी नबिल बैंकको नाममा रहेको र त्यसमा ऋणीमा विएण्डसी अस्पताल रहेको छ ।

अहिले दुर्गा प्रसाईं प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँलाई अन्य विषयमा प्रहरीले  पक्राउ गरेको हो ।

चालक सन्तोष चौधरीलाई भने प्रहरीले पक्राउ गरेको छ । यता गाडीले ठक्कर दिएर शुक्रबार निधन भएको मेहताको विषयमा विएण्डसी अस्पताल पुरै मौन बनेको छ भने पहिला भर्ना भएर राखिएको सप्तकोसी न्युरो अस्पतालले भने अहिले पीडित पक्ष सँग सम्झौता गरेको छ ।

पीडित पक्षले सप्तकोसी न्युरो अस्पतालको लापरवाहीले गर्दा ज्यान गएको भनेर आन्दोलन गरेपछि अस्पतालले सो सम्झौता गरेको बुझिएको छ ।

तर सम्झौतामा इन्सुरेन्सबाट आएको पाँच लाख सहित १३ लाख दिने भनेर लेखिएको छ । उक्त इन्सुरेन्सको पाँच लाख कसले दावी गरेर दिने भन्नेमा कुरा स्पष्ट भएको छैन ।

यस विषयमा विएण्डसी अस्पतालकाे केही कुरा भने आएको छैन । 

 

अस्पताल सँग गरेको सम्झौता यस्तो छ:

 

 

 


452
Shares

प्रतिक्रिया दिनुहोस !