२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपचुनाव हुने स्थानीय तहमा सार्वजनिक बिदा दिनू : निर्वाचन आयोग

प्रकाशित मिति :  १० मंसिर २०८१, सोमबार १०:३३


काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनाव लागि मतदान स्थल उपलब्ध गराइदिन र उपचुनाव हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्देशन दिएको छ ।

यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका ठाउँ उपलब्ध गराइदिन आइतबार विज्ञप्तिमार्फत आग्रह गरेकाे हाे ।

आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपचुनाव हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

आयाेगले स्थानीय तहको उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न-गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि  मतदान गर्न सहज वातावरण बनाउने काम गर्न पनि आग्रह गरेकाे छ ।

उपचुनाव हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयाेगले आग्रह गरेकाे छ ।

मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आग्रह गरेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !