प्रधानमन्त्री ओलीले चीन भ्रमणका विषयमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्दै
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १०:३५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा आज सराेकारवालाहरुसँग छलफल गर्नुहुने भएकाे छ ।
प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्त्रीहरू, पूर्व पराष्ट्रमन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग आफ्नाे आसन्न चीन भ्रमणबारे छलफल गर्न लाग्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजेपछि सुरु हुने छ ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ ५ दिन चीनमा रहनुहुनेछ । प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने लगायत कार्यतालिका तय भइसकेकाे छ ।
113
Shares