रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १०:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौंमा पनि उजुरी परेपछि र पक्राउ पूर्जी जारी भएपछि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
113
Shares