२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तह उपनिर्वाचनको आज रातिदेखि मौन अवधि सुरु हुँदै, प्रचारप्रसार गर्न नपाइने

प्रकाशित मिति :  १३ मंसिर २०८१, बिहीबार १०:१४


काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । मौन अवधिमा प्रचारप्रसारको काम गरेमा उम्मेदवारी खारेज समेत हुनसक्ने कानुनी व्यवस्था छ ।

मंसिर १६ गते ३३ जिल्लामा रिक्त रहेका स्थानीय तहका ४४ पद मध्ये ४१ पदकाका लागि मतदान हुँदै छ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३४ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती पनि निर्विरोध निर्वाचित  हुनुभएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !