परराष्ट्र मन्त्री राणा चीन प्रस्थान
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १२:५२
काठमाडाैं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गर्नुभएकाे छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीकाे निमन्त्रणामा मन्त्री राणा बिहीबार दिउँसाे चीन प्रस्थान गर्नुभएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणकाे तयारी स्वरुप परराष्ट्रमन्त्री राणा चीन जानुभएकाे हाे ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मंसिर १४ गते चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुहुनुे तय भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
साे भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देशबीचको आपसी हितका विविध विषयमा केन्द्रित हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
मन्त्री राणा मंसिर १५ गते स्वदेश फर्किनुहुनेछ । प्रधानमन्त्री ओलीसँग पुन: मंसिर १७ गते उहाँ चीन जानुहुनेछ ।
113
Shares