२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कीर्तिपुरको उपचुनाव २०८४ का लागि आँखीझ्याल हुनेछ : प्रचण्ड

प्रकाशित मिति :  १३ मंसिर २०८१, बिहीबार १७:५९


काठमाडाैं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनाव २०८४ काे चुनावकाे आँखीझ्याल भएकाे बताउनुभएकाे छ ।

बिहीबार कीर्तिपुरमा आयाेजित चुनावी समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले याे उपचुनाव जित र हारकाे मात्र चुनाव नभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘याे पटक याे नगरपालिकाबाट दिने सन्देश र ४४ पदबाट दिने सन्देश ०८४ काे लागि आँखीझ्याल हुनेछ, यहाँबाट देखिन्छ ०८४ कस्ताे हुन्छ भन्ने कुरा ।’

याे उपचुनावबाट कीर्तिपुरले नयाँ सन्देश दिने र नयाँ कीर्तिमान बनाउने बताउँदै प्रचण्डले भन्नुभयाे – ‘याे उपचुनाव नेपाली जनता भ्रष्टाचारकाे पक्षमा छन् कि ? विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वाेच्च अदालत हाे ।’

नेपाली जनता भ्रष्टाचारका विरुद्ध र सुशासनकाे पक्षमा रहेकाे भन्दै उहाँले याे उपचुनाव भ्रष्टाचारका पक्ष र विपक्षकाे जनमत संग्रह भएकाे दाबी गर्नुभयाे । ‘हेर्दा उपचुनाव भएपनि भ्रष्टाचारका पक्ष र विपक्षकाे जनमत संग्रह हाे, अघि राजेन्द्र पाण्डेजीले भन्नुभयाे’- प्रचण्डले भन्नुभयाे ।

भ्रष्ट सरकार विरुद्ध शक्तिशाली आन्दाेलनकाे संकेत कीर्तिपुरबाट हुने र कीर्तिपुरले उठाएकाे झण्डा सिंगै राष्ट्रले देख्ने उहाँले बताउनुभयाे । इमान्दार उम्मेदवार जिताउने अवसर कीर्तिपुरलाई भएकाे भन्दै प्रचण्डले माओवादी उम्मेदवारलाई जिताउन अपिल गर्नुभयाे ।

आफूलाई असंवैधानिक रुपमा सरकारबाट हटाइएकाे भन्दै उहाँले अहिलेकाे सरकार असंवैधानिक रुपमा गठन भएकाे आराेप लगाउनुभयाे ।

अहिले राज्य विचाैलियाले चलाइरहेका आराेप लगाउँदै उहाँले विचाैलियाकाे सेटिङ भत्काउने काेशिस गर्दा आफूलाई सरकारबाट हटाइएकाे बताउनुभयाे ।  ‘राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्, मैले त्यही विचाैलियाकाे सेटिङ भत्काउने काेशिस गरेँ, मैले गरेकाे गल्ती त्यही हाे, जुन सेटिङ भत्काउन मैले डेढ वर्ष बल गरेँ, हिजाे अस्ती मात्र केही नियुक्तिहरु भएका छन्, जुन नियुक्ति रोक्न मैले १८ महिना लडाइँ लडे, हामी हटेपछि त्यही सेटिङमा गएको छ, केही दर्जन विचाैलिया र दलालहरुकाे सेटिङले कराेडाैं नेपाली जनतालाई अत्याचार पिस्ने काम भएकाे छ’- प्रचण्डले भन्नुभयाे ।

जनताकाे अवस्था परिवर्तन गर्नका लागि एउटा नयाँ संकल्प, नयाँ अभियान र नयाँ आन्दाेलन आवश्यक भएकाे उहाँले बताउनुभयाे । अध्यक्ष प्रचण्डले आफू अहिले सरकार बाहिर भएकाे तर नथाकेकाे दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘अब एउटा नयाँ आन्दोलन आवश्यक छ, हामी थाक्न हुने स्थिति छैन, म थाकेको छैन, फेरि एउटा नयाँ आन्दोलन गरेर नेपाली जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको वातावरण बनाउन म रातदिन देशभरि खटिराखेकाे छु ।’

कहालिलाग्दाे लाेडसेडिङ भइरहेका बेला नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी प्रमुखमा उपयुक्त पात्र कुलमान घिसिङलाई नियुक्त गरेर लाेडेसेडिङ अन्त्य गर्ने काम गरेकाे अध्यक्ष प्रचण्डले बताउनुभयाे । जसले लाेडसेडिङ अन्त्य गर्‍याे उसैकाे अपमान र उसैमाथि प्रहार गर्ने काम अहिलेकाे सरकारले गरिरहेकाे उहाँले आराेप लगाउनुभयाे ।

कीर्तिपुरबासी जनताका लागि अझै ऋणी भएकाे भन्दै उहाँले उपचुनावसँग त्याे ऋण तिर्ने अभियान अघि बढ्ने बताउनुभयाे  ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !