एसीसी यु-१९ एसिया कप : नेपालले पहिलो खेल आज श्रीलंकासँग खेल्दै
काठमाडाैं । एसीसी पुरुष यु-१९ एसिया कप क्रिकेट प्रतियाेगिताकाे पहिलाे खेलमा नेपालले आज आज श्रीलंकासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान पाैने ११ बजे संयुक्त अरब इमिरेट्स् (युएई) को शारजाह क्रिकेट मैदानमा सुरु हुनेछ । हेमन्त धामीको कप्तानीमा नेपाल मैदानमा नेपाल मैदान उत्रनेछ ।
प्रतियोगिताको तयारी नेपालले घरेलु मैदानमा भारतको प्रादेशिक टोली कर्नाटकसँग ५ खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो । साे सिरिज नेपालले ३-२ ले जितेको थियाे ।
आजै हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बंगलादेश भिड्ने छन् ।
प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् ।
नेपालले आफ्नो दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा ठाउँ बनाउने छन् ।