२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्री राणा चीनकाे छेन्दुस्थित महावाणिज्य दूतावासमा

प्रकाशित मिति :  १४ मंसिर २०८१, शुक्रबार १३:०२


काठमाडौं । चीन भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालेचीनको सिचुवान प्रान्तस्थित छेन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभएकाे छ ।

मन्त्री राणाले शुक्रबार महावाणिज्यदूतावासको निरीक्षण गर्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । उहाँलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गर्नुभएकाे थियाे ।

आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै मन्त्री राणाले यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयाे ।

चिनियाँ बजारमा चिया, कफी, औषधि र सुगन्धित जडीबुटी जस्ता नेपाली उत्पादनको प्रवर्द्धन गर्ने र छेन्दुमा रहेका सम्भावित नेपाली खानेकुराको पहिचान गर्न पनि उहाँले निर्देशन दिनुभएकाे मन्त्री राणाकाे सचिवालयले जनाएकाे छ ।

नेपाल-चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुद‍ृढ बनाउनुपर्ने पनि मन्त्री राणाले बताउनुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !