खेलकुद महासङ्घ सर्लाहीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा विष्णु सुस्लिङ
प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार २०:५८
सर्लाही । एमाले निकट खेलकुद महासङ्घ सर्लाहीको तेस्रो जिल्ला अधिवेशन लालबन्दीमा सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्षमा विष्णु सुस्लिङ वरिष्ठ उपाध्यक्षमा महेश अधिकारी, उपाध्यक्षमा राकेश राय, सचिवमा मदन कुमार राय उपसचिवमा लालबाबु महतो सहित ३५ सदसीय जिल्ल कमिटी चयन गरेको छ ।
अधिवेशनमा खेलकुद महासङ्घका केन्द्रीय महासचिव धर्म लामा, केन्द्रीय सचिव प्रभु नारायण सिवाकोटी, नेकपा एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष राजनारायण साह, केन्द्रीय निर्वाचन आयोगका सदस्य गणेश प्रसाईं, सर्लाही जिल्ला एमाले उपाध्यक्ष विदुर प्याकुरेल, खेलकुद महासङ्घ केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज देवराज चौलागाई लगायत नेताहरूको उपस्थिति थियो ।
339
Shares