२१ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसीसी यु-१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १४२ रनको लक्ष्य

प्रकाशित मिति :  १६ मंसिर २०८१, आईतवार १४:५७


काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) जारी एसीसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

आइतबार युएईको दुबई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ राेजेकाे नेपालले ४५ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४१ रन बनायाे ।

नेपालका लागि आकाश त्रिपाठीले ४३ तथा उत्तम मगर र आकाश तिवारीले समान २९-२९ रन बनाए । अरुले दाेहाेर अंकमा रन जाेड्न सकेनन् ।

बलिङतर्फ बंगलादेशका अल फहाद, इकबाल हुसेन इमन र रिजान होसनले समान ३-३ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएकाे थियाे । बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएकाे थियाे ।

प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन्  । समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !