२१ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनपीएलमा आज दुई खेल हुँदै : भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै

प्रकाशित मिति :  १७ मंसिर २०८१, सोमबार ०८:२८


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो । यी दुई टीमबीचको खेल दिउँसो १ः१५ बजे शुरू हुनेछ ।

आजको मुख्य आकर्षणमा कर्णाली याक्सबाट भारतका चर्चित खेलाडी शिखर धवन रहने छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !