१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनपीएल : कर्णालीले जनकपुरलाई दियाे १४२ रनको लक्ष्य

प्रकाशित मिति :  १७ मंसिर २०८१, सोमबार १५:५९


काठमाडाैं । नेपाल प्रियिमर लिग (एनपीएल) को तेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार भएकाे आफ्नाे पहिलाे खेलमा टस जितेर पहिला ब्याटिङ राेजेकाे कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायो ।

कर्णालीका लागि गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३,  कप्तान सोमपाल कामीले २९, शिखर धवनले १४ र बाबर हायतले १२ रन बनाए ।

बलिङतर्फ जनकपुरका मोहमम्मद मोसिन खानले २ तथा किशोर महतो, ललित राजवंशी, हर्ष र निशमले समान १-१ विकेट लिए ।

प्रतियोगितामा कर्णालीको यो पहिलो र जनकपुरको दोस्रो खेल हो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !