रवि लामिछानेलाई आज चितवन लगिँदै
प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १०:१४
काठमाडाैं । सहकारी ठगी काण्डमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चितवन लगिने भएको छ ।
तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानका लागि काठमाडौंबाट चितवनमा लैजान लागिएकाे हाे ।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई २ दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याइएकाेमा हिजो मंगलबार बयान सकिएको थियो ।
113
Shares