२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तह उपचुनाव : यी हुन् एमालेबाट निर्वाचित उम्मेदवार

प्रकाशित मिति :  १८ मंसिर २०८१, मंगलवार १०:४७


काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपचुनावको सबै नतिजा सार्वजनिक भएको छ ।

उपचुनावकाे अन्तिम मत परिणामअनुसार नेकपा एमाले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजयी भएको छ ।

निर्वाचन आयाेगका अनुसार एमालेले दैलेखकाेमहाबु गाउँपालिकाकाे अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित हुनुभएकाे छ । बाजुराकाे स्वामी कार्तिक खापर गाउँपालिकाकाे उपाध्यक्षमा एमालेकी सुलोचना बुढा निर्वाचित हुनुभएकाे छ । गौरीशंकर गाउँपालिकाकाे उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा विजयी हुनुभएकाे छ ।

एमालेका उम्मेदवार विजयी भएका पालिका तथा वडा :

१. महाबु गाउँपालिका दैलेख – अध्यक्ष जंगबहादुर शाही (यसअघि कांग्रेस जितेको)
२. स्वामी कार्तिक खापर बाजुरा- उपाध्यक्ष सुलोचना बुढा (यसअघि कांग्रेस जितेको)
३. कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान (०७९ मा कांग्रेसले जितेको)
४. दैलेखको दुल्लु नगरपालिका-१, लालबहादुर शाही (०७९ मा एमालेले जितेको)
५. ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३, कुमारी सावादेन (०७९ मा कांग्रेसले जितेको )
६. महोत्तरीको रामगोपालपुर नगरपालिका-२, सकिबुल खाँ (०७९ मा माओवादीले जितेको)
७. ओखलढुंगाको मोलुङ गाउँपालिका-५, गंगाबहादुर तामाङ (०७९ मा एमालेले जितेको)
८.गौरीशंकर गाउँपालिका – उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा (०७९ मा कांग्रेसले जितेको)


113
Shares

प्रतिक्रिया दिनुहोस !