एनपीएल : चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित
प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १६:५७
काठमाडौं । काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले दाेस्राे जित हात पारेकाे छ ।
काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।
चितवनले दिएकाे १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रन बनाउँदा अलआउट भयो ।
यसअगाडि चितवन राइनोजले साेमबार भएकाे खेलमा काठमाडाैं गुर्खाजलाई ५ विकेटले हराएकाे थियाे ।
226
Shares