२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन-नेपाल मैत्री औद्योगिक पार्ककाे पीडीए गर्न नेपाल र चीन सहमत

प्रकाशित मिति :  १९ मंसिर २०८१, बुधबार १०:३४


..

काठमाडाैं । झापाको दमकमा शिलान्यास भएको चीन-नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने भएकाे छ ।प्रधानमन्त्री केपी शर्मा ओलीकाे जारी चीन भ्रमणका क्रममा साे पार्क निर्माण प्रक्रिया चाँडै अघि बढाउने समझदारी भएकाे हाे ।

चीनकाे औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच मंगलबार विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएकाे थियाे ।

नेपाल र चीनबीच भएका समझदारीमा चीन-नेपालमैत्री औद्याेगिक पार्क पनि परेकाे छ । परियोजना विकास सम्झौता (पीडीए) मा जतिसक्दो चाँडो हस्ताक्षर गरी औद्योगिक पार्क निर्माण र सञ्चालनको प्रारम्भिक कार्य थालनी गर्न दुवै पक्ष सहमत भएका नेपाल र चीनले संयुक्त रुपमा जारी गरेकाे विज्ञप्तिकाे बुँदा नम्बर ६ उल्लेख छ । याेसँगै पार्क निर्माण प्रक्रिया अब अघि बढ्ने अपेक्षा गरिएकाे छ ।

त्यसाे त ०८० असाेज ८ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमणका क्रममा पनि साे पार्क निर्माण थाल्न नेपाल र चीनबीच चाँडै नै परियोजना विकास सम्झौता (पीडीए) गर्ने सहमति भएकाे थियाे । त्यसबेला १३ बुँदे सम्झौतामा हस्ताक्षर भएकाेमा ८ नम्बर बुँदामा पार्क निर्माणबारे उल्लेख थियाे । ‘लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तिव्रता दिने र जतिसक्दाे चाँडाे पीडीए सम्झौतामा हस्ताक्षर गर्दै निर्माण सुरु गर्ने सहमति भएको छ’- नेपाल र चीनले जारी गरेकाे संयुक्त विज्ञप्तिमा उल्लेख थियाे ।

त्यसकाे १ महिनाअघि ०८० भदाै ८ गते बसेकाे लगानी बाेर्डकाे ५५औं बैठकले चीन-नेपाल मैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेकाे थियाे ।

चीनसँग भएकाे सहमति र बाेर्डकाे बैठकले समिति बनाएपनि पार्ककाे पीडीएकाे काम नै अघि बढ्न सकेन ।

अब भने पार्क निर्माणकाे काम अघि बढ्ने सम्भावना धेरै छ । किनकी यसअघि प्रधानमन्त्री हुँदा केपी ओलीले शिलान्यास गर्नुभएकाे र अहिले केपी ओलीकै नेतृत्वमा सरकार भएकाले साे पार्क निर्माण अघि बढ्ने आशा गर्न सकिन्छ ।

लगानी बोर्डको ०७६ साउन १७ गते बसेको बैठकले चीनको लगानीमा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।

नेपालकै ठूलो र दक्षिण एसियाकै नमुना हुने भनिएको साे पार्कको हालका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधामन्त्री हुँदा ०७७ फागुन १६ गते शिलान्यास गर्नुभएकाे थियाे । तर एमालेकाे सरकार ढलेपछि साे पार्क निर्माण कार्य अगाडि बढ्न सकेकाे छैन ।

चीन सरकारको सहयोगमा झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाकाे संगमस्थल झर्कामा  निर्माण हुने साे पार्ककाे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाे छ ।

औद्योगिक पार्ककाे निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीलाई दिइएकाे थियाे । पहिलो चरणमा १०० वटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत पनि भइसकेकाे छ ।


678
Shares

प्रतिक्रिया दिनुहोस !