१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापा जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न, स्वयम् सेवक समन्वय र परिचालनमा गोविन्द थापा

प्रकाशित मिति :  १९ मंसिर २०८१, बुधबार १२:२३


झापा । मंसिर २३ र २४ गते हुने प्रधानमन्त्रीको झापा भ्रमण केन्द्रीत रहेर झापा जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।

बैठक १७ गते सोमबार कनकाई नगरपालिकास्थित वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको हो ।

बैठक केन्द्रीय कमिटी सदस्य तथा जिल्ला कमिटी इन्चार्ज क. रोमनाथ ओलीको प्रमुख आतिथ्यमामा र जिल्ला कमिटी अध्यक्ष क. प्रेम गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठक प्रधानमन्त्री क. केपी शर्मा ओलीको सरकार गठन पश्चात् पहिलो झापा भ्रमण कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गराउन केन्द्रीत भएको छ ।

यसै गरि बैठकले जिल्ला तहको स्वयम् सेवक समन्वय र परिचालनमा पार्टी केन्द्रीय सदस्य झापा ४ का इन्चार्ज गोविन्द थापालाई दिएको छ ।

प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थीत बनाउन बैठकले विभिन्न कमिटीलाई निर्देशन समेत दिएको छ ।

झापा जिल्ला कमिटीको विस्तारित बैठकको सर्कुलर यस्तो छ ।

 

 

 

 


1k
Shares

प्रतिक्रिया दिनुहोस !