७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनसँग ऋण लिने सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २० मंसिर २०८१, बिहीबार १६:००


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको स्पष्ट पार्नुभएकाेे छ ।

बिहीबार चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै प्रधानमन्त्री ओलीले आफू ऋण लिन चीन नगएकाे स्पष्ट पार्नुभयाे ।

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षरबारे सञ्चारकर्मीले उठाएका जिज्ञासाकाे जवाफ दिँदै उहाँले बीआरआई परियाेजनामा ऋण लिने कुरा नभएकाे प्रष्ट पार्नुभयाे ।

यसअघि नै आफूले ऋण लिन चीन जाँदै छैनाैं भनेर प्रष्ट पारेकाे प्रधानमन्त्री ओलीले स्मरण गराउनुभयाे । उहाँले भन्नुभयाे – ‘ऋणसम्बन्धी कुनै कुरा पनि चलेन, छलफल पनि भएन, हामीले यसपल्ट बीआरआई अन्तर्गत विभिन्न परियाेजनाकाे कुरा गर्‍याैं, हरेक परियाेजनाबारे पछि छुट्टै छलफल र छुट्टै सम्झाैता गर्छाैं त्यसकाे कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा, अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ, दाेहाेर्‍याउन नपराेस्, त्यो ऋण होइन, सधैं किन ऋणको सारंगी बजिरहेको छ ? होइन र छैन भनेर पटकपटक भनेका छौं, ऋणसँग यो सरोकार राख्दैन ।’

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कस्ताे कुराकानी भयाे भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा प्रधानमन्त्री ओलीले राम्राे कुराकानी भएकाे जवाफ दिनुभयाे । उहाँले भन्नुभयाे – ‘सीसँग बहुत राम्राे कुराकानी भयाे, नेपाल चीन मित्रताकाे कुरा भयाे, नेपाललाई लाभ हुने कुरा भयाे ।’

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सञ्जारकर्मीकाे जिज्ञासामा प्रधानमन्त्री ओलीले यसबारे कुरा नभएकाे बताउनुभयाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !