२१ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनपीएल : कर्णालीकाे पहिलाे जित, चितवन ६ विकेटले पराजित

प्रकाशित मिति :  २१ मंसिर २०८१, शुक्रबार १४:१२


फकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएकाे खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीले प्रतियाेगितामा पहिलाे जित हात पारेकाे हाे ।

चितवनले दिएकाे १ सय ३१ रनको लक्ष्य कर्णालीले ४ विकेट गुमाएर पूरा गर्‍याे । कर्णालीका लागि शिखर धवनले ४५, देव खनालले २५, चाडविक वाल्टनले ३० रन, जिसन मक्सुदले नटआउट १२ र अर्जुन घर्तीले ११ रन बनाए ।

बलिङतर्फ चितवनका  लागि कप्तान मल्ल, जन निकल लफ्टी र रवि बोपराले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएकाे थियाे । चितवनका लागि रवि बोपराले नटउआउट ५९, कप्तान कुशल मल्लले २७ र विपिन रावल ११ बनाए ।

बलिङतर्फ कर्णालीका विपिन शर्माले ३, जिसन मक्सुद २, सोमपाल कामी र  नन्दन यादवले समान १-१ विकेट लिए ।

३ खेलबाट ४ अंक जोडेको चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । यसअघि चितवनले काठमाडाैं गुर्खाजलाई ५ विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको थियो । आजकाे जितसँगै कर्णालीले २ अंक जोडेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !