वर्तमान सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : देउवा
माेरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको बताउनुभएकाे छ ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले अहिलेकाे सरकारका कारण मुलुकमा राजनीतिक स्थायीत्व कायम भएकाे बताउनुभयाे । सरकारकै कारण मुलुक समृद्धितर्फ अगाडि बढेको उहाँकाे भनाइ थियाे ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभयाे । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गरेर मात्र संशाेधन गरिने उहाँले प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई ) मा ऋण सम्बन्धी सम्झौता नभएको पनि उहाँले बताउनुभयाे ।
सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बतानुभयो ।
– रासस