३ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनपीएल : सुदूरपश्चिमसँग हारे पनि कर्णाली प्लेअफमा, काठमाडाैं बाहिरियो

प्रकाशित मिति :  १ पुष २०८१, सोमबार १४:०३


काठमाडाैं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेटम मैदानमा साेमबार भएकाे खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले हारे पनि नेट रन रेटमा काठमाडाैं गुर्खाजलाई पछि पार्दै कर्णाली प्लेअफमा पुगेको हो । काठमाडाैं भने लिग चरणबाटै बाहिरिएको छ ।

कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८, ईशान पाण्डेले नटआउट ३८ रन बनाए ।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनाएकाे थियाे । उसका लागि जीशन मसूदले ३० रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका हर्मित सिंहले ३ तथा स्कट कुक्ग्लेजिन र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए ।

कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्याएको भए काठमाडाैं प्लेअफमा पुग्न सक्थ्याे ।

योसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् ।

अब पर्सी बुधवार इलिमिनेटरमा बिहान ९ बजे तेस्राे स्थानकाे चितवन र चाैथाे स्थानकाे कर्णाली खेल्नेछन् । याे खेलकाे विजेता दाेस्राे क्वालिफायरमा पुग्नेछ भने हार्ने टाेली बाहिरिनेछ ।

पर्सी नै दिउँसाे १ बजे शीर्ष स्थानकाे सुदूरपश्चिम र दाेस्राे स्थानकाे जनकपुरबीच खेल हुनेछ । याे खेलकाे विजेता सिधै फाइनल पुग्नेछ भने हार्ने टाेलीले इलिमिनेटरकाे विजेतासँग दाेस्राे क्वालिफायरमा खेल्नेछ ।

एनपीएलमा ८ टाेली सहभागी छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !