३ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यु-१९ महिला एसिया कप : नेपालकाे विजयी सुरुआत, पाकिस्तान ६ विकेटले पराजित

प्रकाशित मिति :  १ पुष २०८१, सोमबार १५:५६


काठमाडौं । यु-१९ महिला एसिया कप क्रिकेट प्रतियाेगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

मलेसियाको बायोमास ओभलमा साेमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेकाे हाे ।

पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् ।  उपकप्तान सोनी पाख्रिनले १३, सिमाना केसीले नटआउट १२, साना प्रविनले १० र सावित्री धामीले ८ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएकाे थियाे ।  पाकिस्तानका लागि कोमल खानले ३८, महाम अनिषले नटआउट २९, रबिल फरहानले २३ र कप्तान जुफिशान अय्याजले १२ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान पूजा महत्तोले २ विकेट लिइन् ।

जितसँगै नेपालले २ अंक जोडेको छ । लगातार दोस्रो हार ब्यहाेरेकाे पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !