नेपालबाट चीनमा राँगाभैंसीकाे मासु निर्यातका लागि सम्झौता, चिनियाँ राजदूतद्वारा खुशी व्यक्त
काठमाडाैं । नेपालबाट राँगाभैंसीको मासु निर्यातका लागि नेपाल र चीनबीच सम्झौता भएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालकाे हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनकाे संघाइ जि याङ फूड कर्पोरेसनबीच राँगाभैंसीको मासु निर्यातका लागि सम्झौता भएकाे हाे ।
कृषिमन्त्री रामनाथ अधिकारी लगायत सरकारी अधिकारी र नेपालका लागि चिनियाँ राजदूत लगायतको उपस्थितिमा साे सम्झाैता भएकाे हाे ।
मासु निर्यात सम्बन्धी सम्झाैता समाराेहमा बाेल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालका हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु उच्च गुणस्तरीय हुने बताउनुभयाे । नेपाल र चीनबीच मासु निर्यात सम्बन्धी प्रोटोकल सम्झौता नेपालको पशुजन्य उत्पादन व्यापार सहजीकरणमा कोशेढुंगा बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
साे सम्झाैताप्रति चिनियाँ राजदूत साेङले खुशी व्यक्त गर्नुभएकाे छ । साे सम्झाैता गेमचेञ्जिङ भएकाे उहाँले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएकाे छ । यसबाट नेपालका ग्रामिण क्षेत्रका दशौं हजार किसानलाई राहत पुग्ने राजदूत साेङले उल्लेख गर्नुभएकाे छ । ‘सम्माननीय प्रधानमन्त्रीको सफल भ्रमण लगत्तैर चीनमा भैंसीको मासु निर्यात सम्झौता भएको छ, नेपालको लागि गेमचेन्जिङ (रुपान्तरणकारी) हुने प्रशोधित भैंसीको मासु उत्पादन निर्यात परियोजनाको लागि चीनसँग रणनीतिक सहकार्य अन्तर्गत सम्झौतापत्रमा आज हस्ताक्षर भयो, यसले दशौं हजार ग्रामिण परिवारहरूलाई फाइदा पुर्याएको छ’- उहाँले लेख्नुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणका क्रममा नेपाल र चीनबीच नेपालबाट राँगाभैंसीको प्रशोधित मासु चीन निर्यात गर्ने सम्बन्धी (थर्मल्ली प्रोसेस्ड बफेलो मिट) निर्यात प्रोटोकलमा हस्ताक्षर भएकाे थियाे ।