६ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महिला यु–१९ एसिया कपमा आज नेपाल श्रीलङ्कासँग भिड्दै

प्रकाशित मिति :  ४ पुष २०८१, बिहीबार १०:५६


काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज ‘सुपर चार’मा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अङ्क बाँडेको थियो । मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एक/एक अङ्क बाँडेका हुन् ।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अङ्क रहे पनि नेट रनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् । सुपर फोको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बङ्गलादेशसँग भिड्नेछ । सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल भिडन्त आइतबार बिहान हुनेछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !