एनपीएल : कर्णालीले जनकपुरलाई दियाे ११९ रनकाे लक्ष्य
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १५:५१
काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो।
कर्णालीका लागि गुल्शन झाले २५, देव खनालले २४, विलियम बसिस्टोले १४, जिसन मक्सुदु र युनिस ठकुरी समान १२-१२ तथा चाडविक वाल्टन ११ रन बनाए ।
बलिङतर्फ जनकपुरका ललित राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले समान २-२ तथा हर्ष ठाकर, शेर मल्लले समान १-१ विकेट लिए ।
जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेलेको हो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा ठाउँ बनाएको हाे ।
आज जित्ने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ । उपाधि भिडन्त पर्सी शनिबार हुँदैछ ।
226
Shares