एनपीएल : कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो ।
जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । उपाधि भिडन्त पर्सी शनिबार हुँदैछ ।
कर्णालीले दिएकाे ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि जेम्स नीशमले ४५, हर्ष ठाकेरले १७, शेर मल्लले नटआउट १६ र मयन यादवले १४ रन बनाए ।
बलिङतर्फ कर्णालीका बिपिन शर्माले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएकाे थियाे । कर्णालीका लागि गुल्शन झाले २५, देव खनालले २४, विलियम बसिस्टोले १४, जिसन मक्सुदु र युनिस ठकुरी समान १२-१२ तथा चाडविक वाल्टन ११ रन बनाए ।
बलिङतर्फ जनकपुरका ललित राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले समान २-२ तथा हर्ष ठाकर, शेर मल्लले समान १-१ विकेट लिए ।
जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेलेको हो । कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा ठाउँ बनाएको थियाे । जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेकाे थियाे ।