रवि लामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १०:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछाने विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डिआइजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी हुँदै छ ।
226
Shares