रवि लामिछाने विरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा पेस
प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १२:२९
काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा आइतबार कास्की जिल्ला अदालतमा पेस भएको छ ।
लामिछाने सहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको हो ।
सरकारी वकिल कार्यालय कास्कीले प्रमाण र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो । सो मुद्दामा अनुसन्धानको लागि लामिछाने अहिले कास्की प्रहरी हिरासतमा छन् ।
226
Shares