८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

प्रकाशित मिति :  ८ पुष २०८१, सोमबार १२:१७


काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आकस्मिक निधन भएको छ ।

दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो । आइतबार राति खाना खाएर सुतेकी दनुवार बिहान पाँच बजे ओछ्यानमा मृत अवस्थामा भेटिनुभएको थियो । बिहान उठाउन खोज्दा नबोलेपछि दनुवारको शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको उहाँको परिवारले जनाएको छ । सुनिताका श्रीमान् र एक छोरी छन् ।

मानव बेचबिखनबाट पीडित दनुवार बम्बैको कोठीबाट उद्धार गरेर नेपाल ल्याएपछि मानव बेचबिखनविरुद्धको अभियानमा लाग्नु भएको थियो । बेचबिखन प्रभावित महिलाहरूले स्थापना गरेको विश्वकै पहिलो मानव बेचबिखन विरुद्धको संस्था शक्ति समूहको उहाँ संस्थापक हुनुहुन्थ्यो । पछिल्लो समय उहाँले सुनिता फाउण्डेशन स्थापना गरी सोही संस्थामार्फत काम गर्दै आउनु भएको थियो ।

दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ मा ‘टिप हिरो’ बाट सम्मानित हुनुभएको थियो । उहाँले विभिन्न अन्तराष्ट्रिय पुरस्कार समेत पाउनुभएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !