१७ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै जुट्नुपर्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ११ पुष २०८१, बिहीबार १७:४१


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालल अकारण जलवायु परिवर्तनकाे असर भाेग्नु परिरहेकाे बताउनुभयाे ।

वन तथा वातावरण मन्त्रालयले बिहीबार काठमाडाैंमा आयाेजना गरेकाे २९औं विश्व जलवायु सम्मेलन (काेप-१९) को समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललले नबिराएकाे काममा सजाय भाेग्नुपरिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हामीले नबिराएकाे काममा सजाय भाेग्नुपरिरहेकाे छ, दण्डित हुनुपरिरहेकाे छ ।’

नेपाल प्रभावित हुनु भनेकाे विश्व प्रभावित हुनुभएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे ।  उहाँले भन्नुभयाे – ‘प्रत्यक्ष देख्दा हामी भन्दा काेही बढी प्रभावित जस्ताे पनि देखिन सक्लान्, तर नेपाल प्रभावित हुनु भनेकाे साधारण कुरा हाेइन, हाम्राे मात्र कुरा हाेइन याे ग्लाेबल इस्यु हाे, खासगरी माउन्टेन क्लाइमेट इस्यु, माउन्टेनसँग धेरै कुरा जाेडिएकाे छ ।’

काेप-२९ मा नेपालकाे प्रतिनिधित्व उच्चस्तरबाट भएकाे भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पाैडेललाई धन्यवाद दिनुभयाे । उहाँले यस विषयमा वन तथा वातावरण मन्त्रालय लगायत सराेकारवाला पक्ष र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि धन्यवाद दिनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘परराष्ट्र मन्त्रीज्यूले अन्तर्राष्ट्रिय न्यायालयमा  हामीले कसरी जलवायु न्याय (क्लाइमेट जस्टिस) काे कुरा उठाउनुपर्ने हाे त्यसरी उठाउनुभएकाे छ ।’

सरकारी, गैरसरकारी र युथ लेभलबाट पनि काेप-२९ मा नेपालकाे सहभागिता रहेकाे भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभयाे ।

आफूले संयुक्त राष्ट्रसंघकाे महासभामा जलवायु न्याय र क्षतिपूर्तिकाे कुरा उठाएकाे प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयाे ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने उहाँले बताउनुभयाे । हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका मुलुक पनि एक भएर लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने भन्दै उहाँले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जंगलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्ने बताउनुभयाे । प्रधानमन्त्री ‌ओलीले भन्नुभयाे – ‘हामीले ग्लोबल वार्मिङका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ तर त्यसको मार खेप्न बाध्य भएका छौँ, नबिराएको काममा सजाय भोग्नुपरेको छ, नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन यो ग्लोबल मुद्दा हो, हिमालय जलवायुको मुद्धा हिमालको मात्रै होइन, हिमालसँग विश्वको वार्मिङ सिस्टम जोडिएको छ, हावालाई चिसो पार्ने क्षमता हिमालसँग छ, यस क्षमताको ह्रास हुन जलवायु चुनौती हो, त्यसकारण हामीले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्छ ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !