१३ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन प्रति प्रधानमन्त्री केपी ओलीद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  १२ पुष २०८१, शुक्रबार १२:२५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले उहाँको प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा.मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ, नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु, दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’, ओलीले लेख्नु भएको छ ।

सिंहको ९२ वर्षको उमेरमा गए राति निधन भएको थियो ।  सिंहको जन्म सन् १९३२ मा पञ्जाबमा भएको थियो । उहाँ सन् २००४ देखि २०१४ सम्म लगातार दुई कार्यकाल भारतका प्रधानमन्त्री हुनुभएको थियो ।

अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको एनडीए विरुद्ध २००४ को लोकसभा चुनावमा कांग्रेसको जितपछि उहाँ पहिलो पटक २००४ मा प्रधानमन्त्रीको बन्नुभएको थियो ।

उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल प्रधानमन्त्री सम्हाल्नुभएको थियो ।  सिंहले ३३ वर्षपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिनुभएको थियो ।

बिहीबार घरमा अचानक बेहोस हुनुभएका उहाँलाई बेलुका आठ बजे तिर नयाँ दिल्लीको एम्स मेडिकलको इमर्जेन्सीमा लगिएको थियो ।  उहाँलाई ९ः ५१ बजे मृत घोषित गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंहको निधनमा विश्वभरिका नेताहरूले दुःख व्यक्त गर्नुभएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !