१३ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतमा सात दिने राष्ट्रिय शोक घोषणा

प्रकाशित मिति :  १२ पुष २०८१, शुक्रबार १२:२८


काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको शोकमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

पूर्वप्रधानमन्त्री सिंहको पूर्ण राजकीय सम्मानका साथ शनिबार अन्तिम संस्कार गरिने भएको छ । सिंहको ९२ वर्षको उमेरमा गए राति निधन भएको थियो ।

सिंहको जन्म सन् १९३२ मा पञ्जाबमा भएको थियो । उहाँ सन् २००४ देखि २०१४ सम्म लगातार दुई कार्यकाल भारतका प्रधानमन्त्री हुनुभएको थियो ।

अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको एनडीए विरुद्ध २००४ को लोकसभा चुनावमा कांग्रेसको जितपछि उहाँ पहिलो पटक २००४ मा प्रधानमन्त्रीको बन्नुभएको थियो ।

उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल प्रधानमन्त्री सम्हाल्नुभएको थियो ।

सिंहले ३३ वर्षपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिनुभएको थियो ।

बिहीबार घरमा अचानक बेहोस हुनुभएका उहाँलाई बेलुका आठ बजे तिर नयाँ दिल्लीको एम्स मेडिकलको इमर्जेन्सीमा लगिएको थियो ।  उहाँलाई ९ः ५१ बजे मृत घोषित गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गर्नुभएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !