१३ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौंसहित देशभरको मौसम बदली, पानी र हिउँ पर्ने सम्भावना

प्रकाशित मिति :  १३ पुष २०८१, शनिबार १२:२२


काठमाडौं । काठमाडौंसहित देशभरको मौसम आज बदली भएको छ ।

उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा वाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँमा पानी परिरहेकाे छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा  हिउँ परिरहेकाे पनि महाशाखाले जनाएकाे छ ।

कतिपय ठाउँमा दिउँसोतिर पानी पर्ने सम्भावना रहेकाे पनि महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा हिउँ पनि परिरहेकाे महाशाखाले जनाएकाे छ ।

आज दिउँसाे देशभर साधारणतया बदली रहनेछ ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ लगायत कोशी प्रदेशका पहाडी भू-भागका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे महाशाखादे जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हिउँ पर्ने सम्भावना छ ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा साथै गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक-दुई ठाउँमा हिउँ पर्ने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !